एमालेको नयाँ लोगोमा माओवादीको ‘कपिराइट’ दावी, कानूनी उपचारमा जाने – Nepal Press

एमालेको नयाँ लोगोमा माओवादीको ‘कपिराइट’ दावी, कानूनी उपचारमा जाने

काठमाडौं। नेकपा (एमाले)को परिमार्जित लोगो आफ्नो पार्टीको चुनाव चिह्नसँग मिल्दोजुल्दो भएको भन्दै नेकपा माओवादी केन्द्रले आपत्ति जनाएको छ । माओवादीले त्यसविरुद्ध कानूनी उपचार खोज्नेसमेत जनाएको छ ।

एमालेले विधान महाधिवेनशबाट एमालेले सूर्य चिह्न भित्र सुनौलो रङको हँसिया हतौडा राखेको छ । माओवादी केन्द्रका नेता देव गुरुङले त्यो चिह्न आफूहरुसँग मेल खाने दावी गर्दै कानूनी उपचार खोज्न निर्वाचन आयोग जाने बताए। माओवादीको चुनाव चिह्न गोलाकार भित्र हँसिया हथौडा रहेको छ ।

एमालेले भने हँसिया हथौडा सबै कम्युनिष्टको साझा चिह्न भएकाले त्यसमा कानूनी दावी नलाग्ने बताएको छ।

एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले आफूहरुले सूर्य भित्र फरक रङमा हँसिया हथौडा राखेकाले त्यस्तो दावीको कुनै अर्थ नभएको बताए ।

उनले माओवादी निर्वाचन आयोगमा गए आफूहरु पनि झण्डाको रुपमा रहेको माओवादीको लोगो चुनाव चिह्न हुन नसक्ने दावी गर्दै आयोगमा जाने चेतावनी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर