भोलिदेखि काठमाडौंमा १८ वर्षभन्दा माथिकालाई भेरोसेल खोपको पहिलो डोज लगाइने, यी हुन् खोप केन्द्रहरु – Nepal Press

भोलिदेखि काठमाडौंमा १८ वर्षभन्दा माथिकालाई भेरोसेल खोपको पहिलो डोज लगाइने, यी हुन् खोप केन्द्रहरु

काठमाडौं । काठमाडौं महानगरपालिकामा भोलिदेखि कोरोनाभाइरसविरुद्ध भेरोसेल खोपको पहिलो मात्रा लगाइने भएको छ । महानगरले सूचना जारी गर्दै ३२ वटा वडास्थित खोप केन्द्रबाट खोप लगाइने जनाएको छ ।

१८ वर्ष पुरा भएको सबै नागरिकले खोप लगाउन पाउने छन् । खोप लगाउन जादाँ फोटो सहितको परिचय पत्र र विद्युतीय दर्ता लिएर वडामा खोप लगाउन सक्ने छन् । बिहान १० बजेदेखि ४ बजेसम्म खोप लगाउन सकिने छ ।

काठमाडौँ महानगरपालिकामा थप पाँच खोप केन्द्र तोकिएको छ । नेपाल प्रहरी अस्पताल, वीर अस्पताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल, श्री बिरेन्द्र सैनिक अस्पतालमा पनि खोप केन्द्र तोकिएको छ ।

खोपकेन्द्र केन्द्रवाट भीडभाड नहुने गरी स्वास्थ्य मापदण्ड पुरा गरि खोप लगाउन महानगरले आग्रह गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर