अखिल (क्रान्तिकारी)को विवाद टुंग्याउने जिम्मा हितमान शाक्यलाई – Nepal Press

अखिल (क्रान्तिकारी)को विवाद टुंग्याउने जिम्मा हितमान शाक्यलाई

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टीनिकट विद्यार्थी संगठनको विवाद समाधन गर्न फेरि पहल गर्ने भएको छ।

बुधबार बसेको स्थायी समिति बैठकले अखिल (क्रान्तिकारी)को अधिवेशन शुभारम्भ उत्साहजन भएको भए पनि समापन त्यस अनुसारको हुन नसकेको भन्दै समस्या समाधान गर्ने जिम्मा हितमान शाक्यलाई दिने निर्णय गरेको हो । शाक्य अखिल (क्रान्तिकारी)का इन्चार्ज पनि हुन्।

पहिले प्रदेश समितिमा टुंग्याउने र त्यसपछि केन्द्रको टुंग्याइने बताइएको गरि पहल गरिनेछ। केन्द्रीय समिति भने १ सय ९९ जनाको हुने छ। अखिल (क्रान्तिकारी)को अध्यक्षमा पंञ्चा सिंहको टुंगो लागेको भए पनि विवाद भएपछि अन्यको टुंगो लाग्न सकेको छैन् ।

अखिल (क्रान्तिकारी)को अघिल्लो समितिमा पदाधिकारी रहेकाहरुसँग छलफल गरेर शाक्यले विवाद टुंग्याने छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर