रसायन तर्फको नोबेल पुरस्कार घोषणा : अणु बनाउने खोजबारे अमेरिकी र जर्मन बैज्ञानिकलाई पुरस्कार दिइने – Nepal Press

रसायन तर्फको नोबेल पुरस्कार घोषणा : अणु बनाउने खोजबारे अमेरिकी र जर्मन बैज्ञानिकलाई पुरस्कार दिइने

काठमाडौँ । रशायनशास्त्रतर्फको नोबेल पुरस्कार दुई वैज्ञानिक बेन्जामिन लिस्ट र डेभिड म्याकमिलनलाई संयुक्त रुपमा प्रदान गर्ने घोषणा गरिएको छ । नोबेल समितिका अनुसार अणु बनाउने नयाँ तरिका विकास गरेकोमा उनीहरुलाई २०२१ को पुरस्कारबाट सम्मान घोषणा भएको हो ।

उनीहरुको अध्ययनबाट औषधि क्षेत्रमा अनुसन्धानका लागि सहायता पुग्ने अपेक्षा गरिएको नोबेल समितिले जनाएको छ । बेन्जामिन जर्मन नागरिक र डेभिड अमेरिकी नागरिक हुन् । चिकित्सा र भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार घोषणा भइसकेको छ ।

चिकित्सातर्फ अमेरिकी वैज्ञानिकद्वय डेभिड जुलियस र आर्डेम पटापौटियनले पुरस्कार जितेका छन् भने भौतिकशास्त्रतर्फ स्यूकुरो मानाबे, क्लाउज हसलम्यान र जर्जियो पारिसीले नोबेल जितिसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर