तलब माग्दै माइतीघरमा पत्रकारको प्रदर्शन – Nepal Press

तलब माग्दै माइतीघरमा पत्रकारको प्रदर्शन

काठमाडौं । विभिन्न सञ्चारसंस्थामा देखिएको समस्या समाधान र श्रमजिवी पत्रकारका पक्षमा नेपाल पत्रकार महासंघले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ । नेपालीहरुको ठूलो चाड दसैंको मुखमा समेत केही सञ्चारसंस्थाले पारिश्रमिक नदिएको भन्दै पत्रकार महासंघको नेतृत्वमा प्रदर्शन भएको हो ।

‘बृहद् ऐक्यवद्धता’ नाम दिइएको प्रदर्शनमा विभिन्न सञ्चारमाध्यका सयौं पत्रकार सहभागी छन् । पारिश्रमिकसँगै अन्य श्रमसँग जोडिएका सबैखाले मुद्दा समाधान हुनपर्ने पत्रकार महासंघको माग छ ।

नेपालमा सञ्चालित ठूला भनिएका कतिपय संचारसंस्थाले समेत सरकारले तोकेको न्यूनतम पारिश्रमिकसमेत नियमित नदिएको पाइएपछि आन्दोलनमा उत्रनुपरेको महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर