ईपीएलः क्वालिफायरमा पोखराविरुद्ध चितवनले टस जितेर फिल्डिङ रोज्यो – Nepal Press

ईपीएलः क्वालिफायरमा पोखराविरुद्ध चितवनले टस जितेर फिल्डिङ रोज्यो

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल)को क्वालिफायरमा चितवन टाइगर्सले पोखरा राइनोजविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा केही बेरमा सुरु हुने खेलमा चितवनका कप्तान सोमपाल कामीले पोखरालाई ब्याटिङको निम्तो दिएका हुन् ।

आजको खेलमा जित हासिल गर्ने टोलीले सोझै फाइनलमा स्थान बनाउने छ । यस्तै पराजित टोलीले पनि इलिमिनेटरको विजेतासँग मौका पाउने छ ।

चितवन पहलिो चरणबाट शीर्ष स्थानमा रहँदै क्वालिफायरमा आइपुगेको हो भने पोखरा दोस्रो स्थानबाट आएको हो ।

भैरहवा ग्लाडिएटर्स र काठमाडौं किङ्ग्स–११ ले पनि बुधबार नै इलिमिनेटरमा भिड्दै छन् । त्यो खेलको विजेताले पोखरा र चितवनबीचको पराजित टोलीसँग खेल्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर