धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना बर्खास्त – Nepal Press

धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना बर्खास्त

काठमाडौं । धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई सरकारले बर्खास्त गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले ढुंगानालाई बर्खास्त गरेको हो ।

ढुंगानाले सर्वोत्तम सिमेन्टको शेयर छोरीका नाममा किनेको प्रमाण बहिरिएसँगै उनी छानविनमा परेका थिए । छानविनका लागि बनाइएको न्यायिक समितिले दिएको प्रतिवेदनका आधारमा सरकारले ढुंगानालाई बर्खास्त गरेको हो । बुक विल्डिङ प्रक्रियामा रहेको सर्वोत्तम सिमेन्टको १२ हजार कित्ता शेयर ढुंगानाले अमेरिका बस्ने आफ्नी छोरी रेविकाको नाममा लिएका थिए ।

जसको कारण उनले अर्थ समिति र अर्थ मन्त्रालयमा स्पष्टिकरण समेत दिनु परेको थियो । ढुंगानाले सर्वोत्तम सिमेन्टको मात्र होइन विभिन्न कम्पनीको इन्साइडर ट्रेडिङ गरेको पनि आरोप लाग्ने गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर