जब ‘थ्री इडियट्स’का प्रोफेसर काठमाडौंको भाटभटेनीमा भेटिए (भिडिओ) – Nepal Press

जब ‘थ्री इडियट्स’का प्रोफेसर काठमाडौंको भाटभटेनीमा भेटिए (भिडिओ)

काठमाडौं । बलिउड फिल्म उचाइ छायांकनलाई अहिले अनुपम खेर, बोमन इरानीसहितका कलाकार नेपाली राजधानीमा छन् । सोमबार स्वयम्भु र मंगलबार काठमाडौं विमानस्थलमा सुटिङ भएको छ ।

फिल्म युनिट बुधबार लुक्लातर्फ प्रस्थान गर्दैछ । काठमाडौंमा रहँदा अनुपम खेर पशुपतिनाथ मन्दिरमा पूजा गर्न पुगे भने बोमन इरानी भाटभटेनीमा सपिङ गर्न । उनीहरु आमसर्वसाधारणजस्तै रुपमा त्यहाँ पुगेका थिए ।

थ्री इडियट्स फिल्ममा प्रोफेसरको चरित्रमा अभिनय गरेका बोमन आज अपरान्ह भाटभटेनी डिपार्टमेन्टल स्टोर पुगेका थिए । त्यहाँ उनले त्यहाँ केही सामग्री किनमेल पनि गरे ।

मास्कमा त्यहाँ पुगेका इरानीलाई चिनेपछि तस्बिर खिचाउनेको घुइँचो लाग्यो । भाटभटेनीमा आफूले प्रशंसकबाट निकै माया पाएको इरानीले बताएका छन् । उनीसँग सेल्फी खिच्न फ्यानहरु घेरिएका थिए ।

अर्कोतर्फ, अभिनेता खेरले पशुपतिमा पूजा गर्दा आफूलाई राम्रो लागेको र भगवान पशुपतिनाथको आशिर्वादको कामना गरेका छन् । यसअघि काठमाडौं आउँदा पनि खेर पशुपति पुगेका छन् ।

सुरज वर्जत्य निर्देशित फिल्म उचाइ छायांकन गर्न आइतबार नेपाल आइपुगेको बलिउड टोली ४० दिन नेपालमा बस्नेछ । मुम्बई फर्कनुअघि फिल्म युनिटले नेपाली पत्रकारहरुलाई भेट्ने कार्यक्रम छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर