यी हुन् माओवादीले पाउने बाँकी तीन मन्त्रालय, को बन्लान् मन्त्री ? – Nepal Press

यी हुन् माओवादीले पाउने बाँकी तीन मन्त्रालय, को बन्लान् मन्त्री ?

काठमाडौं । सरकारलाई पूर्णता दिन सत्ता साझेदार दलहरुबीच मन्त्रालयको भागबण्डा टुंगिएको छ। यसअघि दुई मन्त्रालय पाइसकेको माओवादी केन्द्रले तीन मन्त्रालय पाउने भएको छ ।

स्रोतका अनुसार माओवादी केन्द्रले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, खानेपानी, कृषि तथा पशुपन्छी गरी तीन मन्त्रालय पाउने भएको छ ।

माओवादीले अर्थ र ऊर्जा मन्त्रालयमा मन्त्री पठाइसकेको छ । बाँकी तीन मन्त्रालयका लागि हरिबोल गजुरेल, देवेन्द्र पौडेल, सुरेशकुमार राई, सुदन किराती, जयपुरी घर्ती, अञ्जना विशंखे, शशी श्रेष्ठ, अमनलाल मोदी र शिवकुमार मण्डललगायतको नाम चर्चामा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर