सहमति कार्यान्वयनको माग गर्दै कपिलवस्तु जिप्रकामा विप्लव नेकपाको धर्ना – Nepal Press

सहमति कार्यान्वयनको माग गर्दै कपिलवस्तु जिप्रकामा विप्लव नेकपाको धर्ना

रूपन्देही । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तुले तीन बुँदे सहमति कार्यान्वयनका लागि सोमबार जिल्ला प्रशासन कार्यालय तौलिहवा अगाडि दुई घण्टा धर्ना दिएको छ । यो विप्लवको गृहजिल्ला हो ।

२०७७ फागुन २१ गते तत्कालीन केपी ओली सरकारसँग नेकपाले तीन बुँदे सहमति गरेको तर सहमति भएको करिब सात महिनाको अन्तिम अवधिसम्म आइपुग्दा पनि कार्यान्वयन नभएको भन्दै धर्ना दिएको नेकपाले जनाएको छ ।

सरकारले आफ्नो पार्टीसंग गरेको सहमति अनुसार तीन बुँदे सहमति कार्यान्वयन गर्नुपर्ने, राजबन्दी रिहा गर्नुपर्ने, झुटा मुद्दा खारेज गर्नुपर्ने लगायतका माग राखेर धर्ना दिइएको नेकपाका कपिलवस्तु जिल्ला सेक्रेटरी कमल केसीले बताए ।

उनले आफ्नो पार्टीले विकास गरेको नयाँ कार्यनीति अन्तर्गत जनमतसंग्रहको वातावरण तयारमा सरकारले कुनै चासो नदेखाएको र त्यो विषयमा स्पष्ट धारणा पुष्टि गर्न पनि नसकेको बताए ।

नेकपाले केन्द्रीय कार्यक्रम अनुसार जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाउने, धर्ना दिने र असोज २० गते देशव्यापी प्रदर्शन गर्ने कार्यक्रम तयारी गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर