तीन बुँदे सहमति कार्यान्वयन नगरे जटिल अवस्था आउने विप्लवको चेतावनी – Nepal Press

तीन बुँदे सहमति कार्यान्वयन नगरे जटिल अवस्था आउने विप्लवको चेतावनी

एक विशेष कार्यदल बनाएर समाधान गर्न ज्ञापनपत्रमार्फत सरकारलाई अनुरोध

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेक्रविक्रम चन्द ‘विप्लव’ले सरकारले तीन बुदेँ सहमति कार्यान्वयन नगरे जटिल अवस्था सृजना हुने चेतावनी दिएका छन् । विप्लवले सोमबार पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’मार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउदैँ यस्तो चेतावनी दिएका हुन् । प्रकाण्डले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर प्रधानमन्त्री देउवालाई विप्लवले पठाएको ज्ञापन पत्र पढेर पनि सुनाएका थिए ।

पार्टी प्रवक्ता प्रकाण्डमार्फत प्रधानमन्त्री देउवालाई बुझाइएको ज्ञापनपत्रमा तीन बुदेँ सहमति कार्यान्वयन गर्ने सन्दर्भमा सरकारलाई पटक पटक ध्यानाकर्षण गराए पनि नतिजा नआएपछि ज्ञापनपत्र बुझाउनुपरेको भन्दै आपत्ती जनाएको छ । केपी ओली नेतृत्वको सरकार रहुन्जेलसम्म विभिन्न बहाना बनाएर माग पूरा नगरिएको र देउवा सरकार गठन भएको तीन महिना पुग्न लाग्दा पनिमाग पुरा गर्नेतर्फ ध्यान नदिएको भन्दै पार्टी महासचिव विप्लवले तीन बुदेँ कार्यान्वयन नगरे जटिल अवस्था सृना हुने विज्ञप्तीमार्फत चेतावनी दिएका छन् ।

तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारसँग गत फागुन २१ गते तीन बुदेँ सहमति भएको थियो । तर सहमतिको ६ महिना बितिसक्दा समेत सहमति कार्यान्वयनमा कुनै प्रगति हुन नसकेको महासचिव विप्लवको भनाई छ ।

आपूहरुको माग पूरा नहुनु राष्ट्रिय राजनीति, नेपालको राजनीतिक आन्दोलन र नेपाली जनताको लागि धोका भएको महासचिव विप्लवले प्रधानमन्त्री देउवालाई बुझाएको ज्ञापनत्रपमा भनिएको छ । वार्ता र तीन बुदेँ सहमतिले राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा पारेको सकारात्मक प्रभाव र जन अपेक्षा माथि तुसारापात भएको पनि विप्लवको ठहर छ । विप्लवले सहमति कार्यान्वयन नभए समस्याको समाधान नभइ झन जटिल स्थिति सृजना हुने चेतावनी दिदै यस्तो व्यवहारले नेपाली जनतालाई निराश बनाउने बताएका छन् ।

सरकार गठन भएको पहिलो हप्ताभित्रै तीन बुदेँ सहमति कार्यन्वयनको विषयलाई लिएर देउवासँग पार्टीले छलफल गरेको स्मरण गराउदैँ विप्लवले त्यसपछि पनि सरकारसँग पटक–पटक भेटवार्ता जारी राख्दासमेत आफुहरुका माग भने पुरा हुन नसकेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

देउवा सरकार बनेको ३ महिना बित्दा आफूहरुको मागबारे धेरै प्रश्न र आशंका उब्जिएको उल्लेख गर्दै विज्ञप्तीमा भनिएको छ । ‘आजका मितिसम्म बन्दी नेता कार्यकर्ता रिहा नहुनु र मुद्दा खारेज नहुनुले हाम्रो पार्टी बन्दी नेता कार्यकर्ता, उहाँका परिवारजन र नेपाली जनतामा आक्रोश र चिन्ता पैदा भएको छ । यो विषयलाई गम्भीरताका साथ लिन जरुरी छ।’

विप्लवले तीन बुदेँ सहमति शुरुमै कार्यान्वयन गर्नुपर्ने विषय बन्दीको रिहाई र मुद्धाको खारेजी भएको पनि ज्ञापनपत्रमा उल्लेख गरेका छन् । ‘यही विषय झन बढी ढिलो भइरहेको छ । हाम्रो पार्टी तीन बुदेँ सहमतिप्रति पूर्ण प्रतिवद्वता सहित अक्षरसः लागू गरिराखेको छ र गर्ने छ।‘ विप्लवले भनेका छन्,

आशंका, अविश्वास, मनोवैज्ञानिक दवाव र ढिलासुस्तीको कुनै गुन्जायस छैन । यो राष्ट्रिय राजनीतिक मुद्दा हो । विप्लवले आपूहरुको मागको गम्भिरता र संवेदनशीलतालाई दृष्टिगत गरी एक विशेष कार्यदल बनाएर समाधान गर्न अनुरोध पनि गरेका छन् । यसअघि आइतबार पनि बालुवाटारमा पुगेर देउवालाई भेटेका पार्टी प्रवक्ता प्रकाण्ड सोमबार फेरि अर्कोपटक ज्ञापनपत्र बोकेर बालुवाटार पुगेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर