अखिल क्रान्तिकारीको बन्दसत्रमा नाराबाजी र तोडफोड, घोषणासभा अनिश्चित (भिडिओसहित) – Nepal Press

अखिल क्रान्तिकारीको बन्दसत्रमा नाराबाजी र तोडफोड, घोषणासभा अनिश्चित (भिडिओसहित)

काठमाडौं । माओवादी विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीको राष्ट्रिय सम्मेलनको अन्तिम दिन बन्दसत्रमा झडप र कुर्सी तोडफोड भएपछि नेतृत्व घोषणा लम्बिएको छ ।

पत्रकार सम्मेलनबाट नयाँ नेतृत्व घोषणा गर्ने भनेर मिडियालाई साढे ३ बजे कार्की बैंक्वेटमा बोलाएकोमा साँझ सात बजेसम्म हलभित्र विवाद,नाराबाजी र तोडफोड जारी रहेपछि नेताहरुलाई विवाद मिलाउन समस्या परेको छ ।

उनीहरुले अध्यक्ष पद प्रचण्डले तोक्ने हो भने केन्द्रीय सदस्य पनि प्रचण्डबाटै छानिनुपर्ने माग गरेका छन् । क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह र महासचिवमा दिपेश पुन चयन भएका छन् । तर घोषणा हुन सकेको छैन ।

नेपाल प्रेसकर्मीमाथि दुव्यवहार

बन्दसत्र शुरु भए लगत्तै केही प्रतिनिधिले पञ्चा सिंहलाई अध्यक्ष नमान्ने भन्दै विवाद थालेका थिए । नेपाल प्रेसले सो विवादको दृष्य प्रत्यक्ष प्रसारण गरिरहेका बेला विवाद झडपमा परिणत हुन थालेपछि केही क्रान्तिकारी नेताले नेपालप्रेस कर्मी उमेश कार्कीको मोबाइल र क्यामेरा खोसेर फोटो तथा लाइभ भिडियो डिलिट गरेका छन् ।

उनीहरुले कार्कीको परिचयपत्रको फोटो समेत खिचेर समाचार प्रकाशन गरेमा जे पनि गर्ने धम्की दिएका छन् । साँझसम्म पनि विवाद बढ्दै गएपछि कुर्सी हानाहान भएको छ ।

 


प्रतिक्रिया

2 thoughts on “अखिल क्रान्तिकारीको बन्दसत्रमा नाराबाजी र तोडफोड, घोषणासभा अनिश्चित (भिडिओसहित)

  1. अरूलाई हिटलर भनेर नथाक्नेहरूको प्रजातान्त्रिक चरित्र देखियो ! प्रचण्डले सधैं ओली ताना शाह भएको बजार हल्ला गरे ! तर बिद्यार्थी यूनियनको अध्यक्ष समेत आफैले छान्ने ! यो दुनियाले प्रचण्डको प्रजात्नत्र अब कति हेर्ने छ मात्र धैर्यता आवश्यक छ !

  2. आगामी चुनाव सम्म कुरम सबै छर्लङ्ग भैहालछ नि, ‌‌जनकजी!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर