सांसद जेनिफरको अगुवाइमा मे २९ लाई सगरमाथा दिवसको रुपमा मनाउने न्यूयोर्कको घोषणा – Nepal Press

सांसद जेनिफरको अगुवाइमा मे २९ लाई सगरमाथा दिवसको रुपमा मनाउने न्यूयोर्कको घोषणा

न्यूयोर्क । सगरमाथामा पहिलो मानव पाइला टेकेको स्मरणमा अमेरिकी सहर न्यूयोर्कमा सगरमाथा दिवस मनाइने भएको छ । न्यूयोर्कमा आयोजित कार्यक्रममा राज्य विधान सभा सदस्य जेनिफर राजकुमारले मे २९ तारिखलाई एभरेस्ट डेको रुपमा घोषणा गरिन् ।

हिमआरोही शेर्पाहरुको साहस, त्याग र ईमान्दारिताको सम्मान गर्दै न्युयोर्क राज्यको राजधानी आल्बानीमा सगरमाथा दिवस मनाउन लागिएको राजकुमारले बताइन् । नेपाली महावाणिज्यदूत बिष्णुप्रसाद गौतमले सगरमाथा दिवसलाई न्यूयोर्कमा मान्यता दिएकोमा नेपाल सरकारको तर्फबाट धन्यवाद ज्ञापन गर्दै दिवस मनाउन न्यूयोर्क राज्य र संसदसँग सहकार्य गर्ने बताए ।

युएस नेपाल पर्वतारोही संघका अध्यक्ष पासाङनिमा शेर्पाले हिमआरोहीको सम्मानका लागि गरिएको यो निर्णयप्रति खुशि व्यक्त गरे । कार्यक्रममा राष्ट्रसंघका लागि अमेरिकाका स्वास्थ्य राजदूत सिमा क्यारेट्नया, क्वीन्स् बोरो उपसभापति रोन्डा विन्डा, शेर्पा किदुगका अध्यक्ष छिरिङ् शेर्पा, जि पि के फाउन्डेशनका अध्यक्ष सोमनाथ घिमिरे, क्वीन्स् कम्युनिटी बोर्ड सदस्य उर्गेन शेर्पा, आदिबासी जनजाति महासंघका संघीय सभामुख राजकुमार बिष्ट लगायतले घोषणा कार्यक्रममा बोलेका थिए ।

नेपाल सरकारले मे २९ लाई अन्तर्राष्ट्रिय सगरमाथा दिवस को रुपमा मनाउने निर्णय गरेपछि यस दिवसलाई विश्वका विभिन्न देशका पर्वतारोहीहले मनाउँदै आएका थिए । मिस नेपाल नर्थ अमेरिका विजेता गरिमा ज्ञवालीद्वारा संचालित कार्यक्रममा तेन्जिङ् नोर्गे शेर्पा र एडमन्ड हिलारीका सुपुत्रद्वय पिटर हिलारी र नोर्बु तेन्जिङ् शेर्पाका भिडिओ सन्देश तथा हिमारोहण संबन्धित श्रब्य दृश्यहरु प्रदर्शन गरिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर