बोरिस जोन्सनकी विशेष दूत नेपालमा : यी हुन् उनका तीन भ्रमण एजेन्डा – Nepal Press

बोरिस जोन्सनकी विशेष दूत नेपालमा : यी हुन् उनका तीन भ्रमण एजेन्डा

काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनकी विशेष दूत हेलेन ग्रान्ट एकसाता लामो काठमाडौं भ्रमणमा आएकी छिन् । उनले नेपालमा रहँदा जलवायु परिवर्तन, किशोरी शिक्षा र गोर्खा सैनिकको समस्याबारे बुझ्ने बेलायती दूतावासले जनाएको छ ।

हिमालमा जलवायु परिवर्तनको असरबारे बुझ्न उनले आज बिहान माउन्टेन फ्लाइट पनि गरिन् । मनास्लु हिमाल तलको हिमनदीहरु बगेको दृश्य आफूले देखेको बताउँदै उनले नेपाल विश्वमै जलवायु संकट खेप्ने चौंथो प्रभावित मुलुक भएको बताएकी छिन् ।

उनी आजै कर्णाली प्रदेशको राजधानी सुर्खेत प्रस्थान गरेकी छिन् । उनले त्यहाँ किशोरी शिक्षा कार्यक्रमको अवलोकन गरेकी छिन् भने ब्रिटिस काउन्सिलले आयोजना गरेको कार्यक्रममा पनि भाग लिएकी छिन् ।

जलवायु संकटले महिला तथा बालबालिकामा पारेको असरबारे कोप-२६ मा रिपोर्टिङ गर्ने समेत जनाइएको छ । नेपालमा रहँदा ग्रेन्टले ब्रिटिस गोर्खाहरुका परिवारलाई पनि भेट्ने जनाइएको छ । बेलायती सांसद समेत रहेकी ग्रेन्ट प्रधानमन्त्री बोरिस जोन्सनका लागि किशोरी शिक्षाकी विशेष दूत समेत हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर