बलिउड कलाकारहरु अनुपम खेर, बोमन इरानी, परिणिती चोपडा काठमाडौं आइपुगे – Nepal Press

बलिउड कलाकारहरु अनुपम खेर, बोमन इरानी, परिणिती चोपडा काठमाडौं आइपुगे

भोलिदेखि नेपालमा फिल्म ‘उचाइ’ सुटिङ हुँदै

काठमाडौं । फिल्म ‘उचाइ’ छायांकनको लागि बलिउड कलाकारहरु अनुपम खेर, बोमन इरानी, परिणिती चोपडा, सारिका हसन आज बिहान काठमाडौं आइपुगेका छन् ।

इन्डियन एयरलाइन्सको विमानबाट उनीहरु बिहान १० बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका थिए । निर्देशक सुरज वर्जत्यसहितको कास्ट एन्ड क्रिउ टोली झन्डै ४० दिन नेपालमा रहने नेपाल व्यवस्थापन हेरेको थ्री ह्विलर्सले जनाएको छ ।

भोलिदेखि काठमाडौंबाट छायांकन सुरु हुने फिल्मलाई लुक्ला, लाङटाङ, मनाङ र मुस्ताङ लगायतमा सुटिङ गरिने जनाइएको छ । फिल्मका अन्य कलाकारहरु अमिताभ बच्चन र डेनी डेनजोङपा भने आइपुगेका छैनन् ।

आज काठमाडौं ल्यान्ड गरेको जानकारी दिँदै अनुपमले आकाशबाट काठमाडौं उपत्यकाको भिडिओ सेयर गरेका छन् । मित्रताको कथा पेश गर्ने फिल्म निर्देशक वर्जत्यको सातौं निर्देशकीय फिल्म हुनेछ ।

 

View this post on Instagram

 

A post shared by Anupam Kher (@anupampkher)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर