नेपाल-भारत सीमा सुरक्षा बैठकमा भाग लिन आइजीपी खनाल दिल्ली प्रस्थान – Nepal Press

नेपाल-भारत सीमा सुरक्षा बैठकमा भाग लिन आइजीपी खनाल दिल्ली प्रस्थान

काठमाडौँ । नेपाल-भारत सीमा सुरक्षासम्बन्धी बैठकमा सहभागी हुन सशष्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल आज दिल्ली प्रस्थान गरेका छन् । दुई दिनसम्म चल्ने बैठकमा उनले नेतृत्व गरेको नेपाली टोलीले भाग लिनेछ । भारतको सशस्त्र सीमा बल महानिर्देशक कुमार राजेश चन्द्राको नेतृत्वको टोलीले भारतीय पक्षबाट भाग लिने जनाइएको छ ।

खनालसँग सशस्त्र प्रहरीका एआईजी पुष्पराम केसी र डीआइजी नारायणदत्त पौडेल र स्टाफ अधिकृत नारायण गुरुङ पनि सँगै गएका छन् । मंगलबार र बुधबार नेपाल र भारतका सुरक्षा अधिकारीबीच छलफल हुनेछ ।

कोरोना महामारीलाई कारण देखाउँदै भारतले अघिल्लो वर्ष बैठक रोकेको थियो तर, नेपालले कालापानी क्षेत्र समेटेर राजनीतिक र प्रशानिक नक्सा जारी गरेको पछि असन्तुष्ट स्वरुप बैठक स्थगित गरेको जनाइएको छ । दुईवर्षअघि पोखरामा बैठक बसेको थियो । टोली बिहीबार काठमाडौं फर्कनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर