फोर्ड एभरेष्टको बुकिङ खुल्यो, मूल्य कति ? – Nepal Press

फोर्ड एभरेष्टको बुकिङ खुल्यो, मूल्य कति ?

काठमाडौं । नेपालको लागि फोर्ड गाडीको आधिकारिक बिक्रेता जीओ अटोमोवाइल्सले २.० लि. वाई-टर्वो डिजेल इन्जिन र विश्वमै पहिलो १० स्पिड अटोमेटिक ट्रान्समिसन भएको फोर्ड एभरेष्टको बुकिङ खुला गरेको छ ।

फोर्ड एभरेष्टको सुरूआती मूल्य १ करोड ९९ लाख छ । अफ-रोडको लागी यो गाडी उत्कृष्ट रहेको कम्पनीले बताएको छ । नेपालको प्रिमियम एसयूभी बजारमा २०२२ फोर्ड एभरेष्टले एक नयाँ वेन्चमार्क बनाउने कम्पनीको दावी छ ।

ठूलो गाडी भए पनि एभरेष्ट चलाउन एकदमै सजिलो रहेको र यसमा भएको लाइट स्टेरिङ्गले पार्किङ्ग गर्दा पनि सहज महसुस गराउने कम्पनीले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर