रियलमीको ‘फेस्टिभल अफर’, यस्ता छन् उपहार – Nepal Press

रियलमीको ‘फेस्टिभल अफर’, यस्ता छन् उपहार

काठमाडौँ । स्मार्टफोन ब्राण्ड रियलमीले दसैँ-तिहारको अवसर पारेर ‘रियलमी फेस्टिभल डेज’अफर घोषणा गरेको छ । असोज १६ देखि कात्तिक ३० सम्म चल्ने यो अफरअन्तर्गत रियलमीका नयाँ ग्राहकलाई उपहार योजनाहरू राखिएको छ ।

३ भाग्यशाली रियलमीका ग्राहकले बम्पर पुरस्कारमार्फत कोन्का ६४, फोके टिभी वा कोन्का ७ केजी फ्रन्ट वासिङमेसिन, रियलमी ८ प्राप्त गर्नेछन् । साथै प्रत्येक हप्ता १२ जना भाग्यशालीलाई सी ११, २०२१ र प्रत्येक दिन १८० जना भाग्यशाली ग्राहकले कोन्का १८ सय वाट भ्याकुम किन्ल्नर वा कोन्का १.८ लिटर डिलक्स राइसकुकर, कोन्का १००० वाट आइरन र कोन्का २:१ सीएच होम थिएटर स्पिकर जित्ने मौका रहेको कम्पनीले जनाएको छ ।

यस अफरमा भाग लिन नयाँ उपभोक्ताले क्यूआर कोड स्क्यान गरेर एउटा फारम भरी आफ्नो रियलमी फोनको आईएमई नम्बर राख्नुपर्नेछ । लक्की ड्रमार्फत दैनिक र साप्ताहिक विजेताको नाम रियलमीको अफिसियल फेसबुक पेजमार्फत सार्वजनिक गरिने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर