पूर्व फिफा रेफ्री खत्रीको निधन (भिडिओ) – Nepal Press

पूर्व फिफा रेफ्री खत्रीको निधन (भिडिओ)

काठमाडौं । फिफाको पूर्वरेफ्री तथा रेफ्री एसोसिएसन नेपालका महासचिव लव खत्रीको निधन भएको छ। ५० वर्षीय खत्रीको सोमबार बिहान निधन भएको अखिल नेपाल फूछटबल संघ एन्फाले जनाएको छ ।

खत्री बिहान मर्निङवाकबाट फर्किएपछि बाथरुम छिरेका थिए । त्यसको केही क्षणमा उनी बाथरुमको ढोकामा अचेत अवस्थामा फेला परेका थिए ।

उनलाई उपाचारका लागि मेडिसिटी अस्पताल लगिएको थियो । तर, अस्पतालले उनलाई मृत घोषणा गरिदिएको हो । जावलाखेल युथ क्लब, थ्रि स्टार र फ्रेन्डस क्लका पूर्व खेलाडी खत्री पूर्व फिफा रेफ्री पनि हुन् ।

फिफा रेफ्रीबाट निवृत भएयता खत्रीले रेफ्री इन्स्ट्रक्टरको रूपमा नेपाली फुटबलमा योगदान गरिरहेका थिए ।

खत्री रेफ्री प्रशिक्षकको रूपमा काम गर्दै थिए र सन् २०१८ मा रेफर गरेर सेवानिवृत्त भइसकेका छन्। उनका श्रीमती र छोरा छन्।

यसैबीच, खत्रीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि १२:१० बजेदेखि एन्फा परिसरमा राखिने छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर