बालुवाटार जग्गा प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको मुद्दा प्रधानन्यायाधीशको इजलासमा – Nepal Press

बालुवाटार जग्गा प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको मुद्दा प्रधानन्यायाधीशको इजलासमा

काठमाडौं । बालुवाटारको ललिता निवासस्थित सरकारी जग्गा व्यक्तिको नाममा लगेको प्रकरणमा प्रधानमन्त्रीलाई उन्मुक्ति दिएको भन्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गरेका रिटमाथि आज सुनुवाइ हुँदैछ ।

तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई पनि भ्रष्टाचार मुद्दा लगाउनु पर्ने भन्दै अख्तियारविरुद्ध न्यौपानेले दायर गरेको रिटमाथिको सुनुवाइ पटक-पटक पेसी चढ्दै आएको छ ।

आज प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबरा र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासमा एक नम्बरमै सो अग्राधिकार प्राप्त रिटको सुनुवाइ तोकिएको छ ।

सत्ता गठबन्धनमा प्रधानन्यायाधीशले पनि मन्त्री मागेको र माधव नेपाल र बाबुरामले नमानेको भनिएका बेला सो मुद्दा प्रधान न्यायाधीश आफैंले हेर्ने भएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर