स्वास्थ्यमा सुधार आएपछि अध्यक्ष नेपाल आज डिस्चार्ज हुँदै
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
२०७८ असोज १८ गते ९:४८
![](https://www.nepalpress.com/wp-content/uploads/2021/09/madhav-nepal-1.jpg)
फाइल तस्बिर ।
काठमाडौं । भाइरल ज्वरोका कारण अस्पताल भर्ना भएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आज डिस्चार्ज हुने भएका छन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत अध्यक्ष नेपालको स्वास्थ्यमा सुधार भएपछि डिस्चार्ज गर्न लागिएको हो ।
नेपालको पेटमा समेत समस्या देखिएको थियो भने रगतमा सोडियमको मात्रा कम भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
अध्यक्ष नेपाल गत बुधवार अस्पताल भर्ना भएका थिए ।
आज अस्पतालबाट घर फर्किने नेपालका स्वकीय सचिव समेत रहेका नेकपा एसका नेता मोहन गौतमले नेपाल प्रेसलाई जानकारी दिए ।
प्रतिक्रिया