कांग्रेस रामेछाप सभापतिका लागि कान्छाराम र लवश्रीबीच दोस्रो चुनाव हुने – Nepal Press

कांग्रेस रामेछाप सभापतिका लागि कान्छाराम र लवश्रीबीच दोस्रो चुनाव हुने

रामेछाप । नेपाली कांग्रेस रामेछापको सभापति चयनका लागि दोस्रो चरणको निर्वाचन हुने भएको छ । पहिलो चरणको मतगणनामा सभापतिका कुनैपनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि आजै दोस्रो चरणको मतदान गर्न लागिएको हो ।

सभापतिमा संस्थापन पक्षका पूर्णबहादुर तामाङ (कान्छाराम) ले ६ सय ६८, संस्थापन इतर समूहका लवश्री न्यौपानेले ३ सय ५६ र कृष्णबहादुर महतले ३ सय २८ मत ल्याएका छन् । अब दोस्रो चरणमा तामाङ र न्यौपानेबीच प्रतिस्पर्धा हुनेछ ।

कांग्रेस विधान अनुसार जिल्ला सभापतिमा निर्वाचित हुने कुल खसेको मतको ५० प्रतिशतभन्दा बढी ल्याउनुपर्ने हुन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर