कांग्रेस अधिवेशन : दोलखामा मतगणना सुरु – Nepal Press

कांग्रेस अधिवेशन : दोलखामा मतगणना सुरु

दोलखा । नेपाली कांग्रेस दोलखाको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ । कुल १ हजार ५ सय ८९ मध्ये १ हजार ५ सय ४५ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

दोलखा कांग्रेसको सभापतिमा चार जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको छ । वर्तमान सभापति रुद्रबहादुर खड्का, बर्मा लामा, तारा खड्का र केशव चौलागाई सभापतिको प्रतिस्पर्धामा रहेका छन् ।

कांग्रेसको विधान अनुसार जिल्ला सभापति निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने हुन्छ । चारजना मध्ये कुनैपनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसके शीर्ष दुई उम्मेदवारबीच पुनः प्रतिस्पर्धा हुनेछ । आजै परिणाम नआए सोमबार दोस्रो चरणको मतदान हुने निर्वाचन समितिले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर