ईपीएल : विराटनगरसँग काठमाडौं ७ रनले पराजित – Nepal Press

ईपीएल : विराटनगरसँग काठमाडौं ७ रनले पराजित

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा विराटनगर वारियर्ससँग काठमाडौं किङ्स-११ सात रनले पराजित भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी प्रतियोगितामा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित ८ ओभरमा ५ विकेट गुमाएर १ सय ४ रनको योगफल तयार गरेको थियो । जवाफी ब्याटिङमा उत्रिएको काठमाडौंले ८ ओभरमा ३ विकेट गुमाएर ९७ रन बनाउन सफल भयो ।

काठमाडौंका लागि ओपनर रमनुल्लाह गुर्वाजले १५ बलमा ३ चौका र १ छक्कासहित २८ रन बनाउँदै पेभिलियन फर्किँदा अर्का ओपनर राजु रिजाल १५ बलमा २४ रन बनाएर अविजित रहे । रयान वर्ल ७ बलमा २३ रन र सुवास खकुरेलले १० बलमा २६ रन जोडे ।

विराटनगरको बलिङमा रयान पठानले सर्वाधिक २ विकेट लिए । भने प्रतिस जीसीले १ विकेट लिए ।

यो खेलपश्चात विराटनगर प्रतियोगिताबाट बहिरिएको छ । भने, काठमाडौं ३ खेलमा १ जितसहित लिग तालिकाको पाँचौ स्थानमा छ । काठमाडौंलाई प्ले अफ पुग्न बाँकी २ खेल जित्नु पर्ने दबाद छ ।

आजै हुने दोस्रो खेलमा ललितपुर प्याट्रियट्स र चितवन टाइगर्स भिड्दैछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर