एट्लेटिको मड्रिडले बार्सिलोनालाई हराउँदा लुइस स्वारेजको विजयी गोल


एजेन्सी । घरेलु मैदानमा बार्सिलोनामाथि २–० को जितका साथ साविक विजेता एट्लेटिको मड्रिडले ला लिगामा शीर्ष स्थानको रियल मड्रिडसँग अंक बराबर गरेको छ ।
जोआओ फेलिक्स र स्वारेजसहितको संग्लग्नतामा बनेको अवसरलाई उपयोग गरी थोमस लेमारले गोल गर्दा एट्लेटिकोले अग्रता बनाएको थियो ।
त्यसपछि स्वारेजले लेमारकै पासमा आफ्ना पूर्व क्लबविरुद्ध गोल गरे । स्मरणीय के छ भने बार्सिलोनाका यिनै प्रशिक्षक रोनाल्ड कोम्यानले आफ्नो टिममा बुढा खेलाडीलाई स्थान नरहेको भनेर स्वारेजलाई अपमानजनक रुपमा क्लबबाट निकालेका थिए ।
यो सिजन बार्सिलोनाका लागि सबैतिर दुखत सुरुआत भइरहेको छ । तर ला लिगामा भने उसको पहिलो हार हो । १२ अंक जोडेको बार्सिलोना नवौं स्थानमा छ । डिएगो सिमोनी नेतृत्वको एट्लेटिकोभन्दा ५ अंक कम ।
एट्लेटिको र रियलको समान १७ अंक भए पनि गोलअन्तरमा रियल अगाडि छ । रियलले एक खेल कम खेलेको छ ।
यो खेलभन्दा अघि बार्सिलोनाले ला लिगामा ३ जित र तीन बराबरी खेलेको थियो , अघिल्लो साता च्याम्पियन्स लिगमा लगातार ३–० ले हारेको पनि थियो । यसले क्लबमा कोम्यानको उपस्थितिलाई पनि असर गरिरहेको छ ।