चितवनमा भोली २ बजेसम्म इन्टरनेट सेवा बन्द गर्ने घोषणा – Nepal Press

चितवनमा भोली २ बजेसम्म इन्टरनेट सेवा बन्द गर्ने घोषणा

चितवन । नेपाल विद्युत प्राधिकरणले पोलको तार काट्न थालेपछि विरोध स्वरुप चितवनका इन्टरनेट सेवा प्रदायकले भोलि दिउँसो २ बजेसम्म सेवा बन्दको घोषणा गरेका छन् । उनीहरुले आज दिउँसो प्राधिकरणको भरतपुर वितरण केन्द्र अगाडि नाराबाजी गरेका थिए ।

प्राधिकरणले एक्सन लिएसँगै चितवन जिल्लाभरि नै इन्टरनेट सेवा अवरुद्ध छ । सेवाग्राहीहरु मोबाइल डाटा र नेपाल टेलिकमको इन्टरनेटमा निर्भर बनेका छन् ।

पोलका भाडा तनिरेको भन्दै प्राधिकरणले इन्टरनेटको तार काट्न थालेको हो । अप्टिकल फाइबर नै काट्ने अभियान चलाएपनि ठूला इन्टरनेटका प्रदायक संस्थाहरु भाडा तिर्न तयार छैनन् । प्राधिकरणले मनलाग्दी भाडा बढाएको भन्दै उनीहरुले विरोध गरिरहेका छन् ।

भरतपुर वितरण केन्द्रका प्रमुख राजीवकुमार सिंहले पटकपटक ताकेता गर्दा पनि पोल भाडा नतिरेपछि तार काट्न बाध्य भएको बताए । उनका अनुसार २०७३ सालदेखिको भाडा नतिर्नेहरु धेरै छन् ।

प्राधिकरणले भदौ १६, २९ र असोज १२ गते सूचना जारी गरेर बेलैमा वक्यौता तिर्न आग्रह गरेको थियो । असोज १५ सम्म नतिरे जुनसुकै बेला अप्टिकल फाइबर तथा उपकरण हटाइदिने चेतावनी दिएको थियो ।

भरतपुर वितरण केन्द्रले एक महिनाको अवधिमा इन्टरनेट सेवा प्रदायक संस्थाको करिब १ करोड बराबरका उपकरणसमेत जफत गरेको छ । जिपिएस कोअर्निडेट नक्सा तथा दुरी खुल्ने कागजात पेश नगर्ने, नयाँ सम्झौता नगर्ने समेत कारवाहिमा परेका छन् । पोल भाडाबाट ४८ लाख २० हजार १ सय ३३ रुपैयाँमात्रै वक्यौता उठेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर