ओलीको प्रतिमामुनि नेता-कार्यकर्ताको फोटोसेसन (तस्वीरहरु) – Nepal Press

ओलीको प्रतिमामुनि नेता-कार्यकर्ताको फोटोसेसन (तस्वीरहरु)

काठमाडौं । एमालेको पहिलो विधान महाधिवेसनका निम्ति देशभरका ६ हजार नेता-कार्यकर्ता गोदावरीस्थित सम्मेलन केन्द्रमा भेला भएका छन् । उनीहरु सबैका प्रमुख आकर्षण हुने अध्यक्ष केपी शर्मा ओली ।

देशभरबाट आएका कार्यकर्ताहरु अध्यक्ष ओलीलाई प्रत्यक्ष भेट्ने ध्येय बोकेर आएका थिए । तर, ठूलो संख्यामा सहभागिताका कारण त्यो सम्भव हुने अवस्था छैन । बरु कार्यक्रमस्थलमा राखिएको छ ओलीको एउटा अग्लो प्रतिमा । ओलीलाई भेटेर फोटो खिच्न नपाएकाहरु त्यही प्रतिमा मुन्तिर फोटोसेसन गरिरहेको देख्न सकिन्छ ।

कोही एक्लै त कोही सामुहिकरुपमा ओलीका प्रतिमामुनि फोटोसेसन गरिरहेका हुन्छन् । महाधिवेशनस्थलमा मात्र नभएर मिडियामा पनि ओलीको यो प्रतिमा चर्चाको विषय बनिरहेको छ । पार्टी अध्यक्षको अनावश्यक देवत्वकरण गरिएको भनेर सामाजिक सञ्जालमा कतिपयले आलोचना पनि गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर