अर्जुनको ‘चुपचाप’मा नम्रता र रोशनको प्रेम (भिडिओ) – Nepal Press

अर्जुनको ‘चुपचाप’मा नम्रता र रोशनको प्रेम (भिडिओ)

काठमाडौं । नायिका तथा मोडल नम्रता सापकोटा र गायक तथा मोडल रोशन अधिकारीको प्रेमले भरिएको गीत ‘चुपचाप’को म्युजिक भिडिओ सार्वजनिक भएको छ ।

द डिभाइन म्युजिकको प्रस्तुतिमा तयार भएको यो गीतको भिडिओ एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा गीतकार एवं संगीतकार अर्जुन पोखरेल, निर्देशक विधान कार्की र मोडल नम्रता सापकोटाले गीतको भिडिओ सार्वजनिक गरे ।

नेपासिनेले द डिभाइन म्युजिकसँगको सहकार्यमा तयार पारेको यो गीतमा रोशन अधिकारी र अस्मिता अधिकारीको स्वर छ । गीतमा अर्जुन पोखरेलले शब्द तथा संगीत भरेका छन् ।

यो गीतको भिडिओमा मोडलद्धय रोशन अधिकारी र नम्रता सापकोेटाले अभिनय गरेका छन् । पत्रकार सम्मेलनमा उपस्थित नायिका नम्रताले यो गीतको भाव अनुसार आफूले काम गरेको बताइन् ।

निर्देशक विधान कार्कीले भिडियोलाई रोमान्टिक शैलीमा तयार पारेका छन् । उनले रोशन र नम्रताको केमेष्ट्रीलाई गज्जबले उतारेका छन् । भिडिओमा विकास दाहालको सम्पादन, उत्सव दाहालको छायांकन छ । भिडिओका एसोसियट निर्देशक माधव शर्मा हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर