एमाले विधान महाधिवेशनका प्रस्तावमाथि छलफल गर्न १० समूह, २० नेतालाई सहजीकरणको जिम्मेवारी – Nepal Press

एमाले विधान महाधिवेशनका प्रस्तावमाथि छलफल गर्न १० समूह, २० नेतालाई सहजीकरणको जिम्मेवारी

कामाडौं । नेकपा (एमाले)को आजदेखि शुरु भएको प्रथम विधान महाधिवशेनमा प्रस्तुत प्रस्तावहरुमाथि समूहगत छलफल गर्न समूह बनाइएको छ।

अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरलले पेस गरेको सांगठानिक र उपहासचिव विष्णु पौडेलले पेस गरेको विधान संशोधन प्रस्तावमाथि छलफल गर्न १० समूह बनाइएको छ।

समूहगत छलफलको सहजिकरण गर्ने जिम्मा २० नेताले पाएका छन् । भोलि बिहान ८ बजेदेखि समूहगत छलफल शुरु हुने छ र दिउँसो २ बजे शुरु हुने पूर्ण सत्रमा समूहगत छलफलका सुझाव पेस गरिने छ।

प्रदेश १ (समूह क)

सहजिकरण : सुवास नेम्वाङ र भीम आचार्य
अध्यक्षता : देवराज घिमिरे

प्रदेश २ (समूह ख)

सहजरिकण : सत्यनारायण मण्डल र रघुविर महासेट
अध्यक्षता : ज्वाला साह

वागमती प्रदेश (समूह ग)

सहजिरकणः अष्टलक्ष्मी शाक्य र रामबहादुर थापा
अध्यक्षता : आनान्द पोखरेल

गण्डकी प्रदेश (समूह घ)

सहजिकरण: पृथ्वीसुब्बा र किरण गुरुङ
अध्यक्षता : जगत विश्वकर्मा

लुम्बिनी (समूह ङ)

सहजिरकण : विष्णु पौडेल र शंकर पोखरेल
अध्यक्षता : लिला गिरी

कर्णाली प्रदेश (समूह च)

सहजिकरण : युवराज ज्ञवाली र यमलाल कँडेल
अध्यक्षता : गोरख बोगटी

सुदूरपश्चिम प्रदेश (समूह छ)

सहजिरकण : भीम रावल र लेखराज भट्ट
अध्यक्षता : कर्ण थापा

उपत्याका विशेष, सम्पर्क सम्नव्य कमिटी र प्रवास क्षेत्र (समूह ज)

सहजिकरण : छविलाल विश्वकर्मा र राजन भट्टराई
अध्यक्षता : सुजिता शाक्य

जनसंगठन (समूह झ)

सहजिकरण : गोकर्ण बिष्ट र टोपबहादुर रायमाझी
अध्यक्षता : सुनिता बराल

केन्द्रीय निकाय र आयोग (समूह ञ)

सहजिरकण : अमृत बोहोरा र पुष्प कडेँल
अध्यक्षता : भानुभक्त ढकाल


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर