फुटबल प्रशिक्षक नवीन न्यौपानेको परिवारलाई आर्थिक सहयोग – Nepal Press

फुटबल प्रशिक्षक नवीन न्यौपानेको परिवारलाई आर्थिक सहयोग

काठमाडौं । राष्ट्रिय खेलाडी कल्याणकारी कोषले पूर्वफुटबल खेलाडी एवं त्रिभुवन आर्मी फुटबल क्लबका प्रशिक्षक नवीन न्यौपानेलाई शुक्रबार आर्थिक सहयोग गरेको छ ।

क्यान्सरपीडित उनका बुबाआमाको स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग गरिएको हो । कोषका सदस्यसचिव समेत रहेका नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले शुक्रबार न्यौपानेलाई ७५ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरे ।

कोषले समस्यामा परेका खेलाडी तथा उनका परिवारलाई कोषमा सन्चित रकमको ब्याचबाट आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ । २०६५ सालमा कोष स्थापना भए पनि २०६८ मा कार्यविधि बनेपछि मात्र कोषमा १ करोड जम्मा गरिएको थियो ।

हाल यस कोषमा १ करोड ४० लाख रुपैयाँ रहेको र त्यसैको ब्याजबाट आर्थिक सहयोग उपलब्ध गराउँदै आएको श्रेष्ठले जानकारी गराए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर