दुबै डोज खोप लगाएका कैलालीका दुई पुरुषको कोरोनाभाइरस संक्रमणबाट मृत्यु – Nepal Press

दुबै डोज खोप लगाएका कैलालीका दुई पुरुषको कोरोनाभाइरस संक्रमणबाट मृत्यु

कैलाली । कोरोना सङ्क्रमणबाट कैलाली दुई जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कैलाली धनगढी उपमहानगरपालिका ३ का ७५ वर्षीय पुरुष र धनगढी उपमहानगरपालिका ५ का ९० वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो ।

७५ वर्षीय पुरुषलाई १३ गते र ९० वर्षीय पुरुषमा १४ गते कोरोना सङ्क्रमण पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए । ७५ वर्षीय पुरुषमा स्क्रब टाइफस समेत देखिएको उनले जानकारी दिए ।

उनीहरू दुवै जनाले कोरोनाविरुद्धको दुवै डोज खोप लगाएको समेत श्रेष्ठले जानकारी दिए । अहिले सेती अस्पतालमा ११ जना कोरोना सङ्क्रमितको उपचार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर