ईपीएलः चितवनविरुद्ध पोखराले टस जितेर ब्याटिङ रोज्यो – Nepal Press

ईपीएलः चितवनविरुद्ध पोखराले टस जितेर ब्याटिङ रोज्यो

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) को शुक्रबार हुने दोस्रो खेलमा पोखरा राइनोजले चितवन टाइगर्सविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ । त्रिवि क्रिकेट मैदानमा केही बेरमा सुरु हुने खेलमा पोखराका कप्तान विनोद भण्डारीले ब्याटिङ रोजेका हुन् ।

भैरहवा ग्लाडिएटर्सविरुद्धको पहिलो खेल वर्षाले प्रभावित भएसँगै पोखराले १/१ अंक बाँडेका थिए । यस्तै समयमा सुरु हुन नसकेको दोस्रो खेलमा भने पोखराले ७ ओभरको खेलमा ललितपुर प्याट्रिओट्सलाई ९ विकेटले पराजित गरेको थियो ।

त्यस्तै, सुरुआती दुई खेलमा जित निकालेको चितवन पनि लगातार तेस्रो जित निकाल्दै प्लेअफ नजिक पुग्न चाहन्छ । पहिलो खेलमा भैरहवा ग्लाडिएटर्सलाई २ विकेटले पराजित गरेको चितवनले दोस्रो खेलमा काठमाडौं किङ्ग्स-११ लाई ३ विकेटले हराएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर