प्रसूति अस्पतालले नर्सिङ क्याम्पससँग माग्यो क्लिनिकल अभ्यासको निवेदन – Nepal Press

प्रसूति अस्पतालले नर्सिङ क्याम्पससँग माग्यो क्लिनिकल अभ्यासको निवेदन

काठमाडौं । परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले नर्सिङ क्याम्पसहरूलाई १० दिनभित्र काउन्सिलको नवीकरण गर्न माग गरेको छ ।

अस्पतालले सूचना जारी गर्दै सम्बन्धित परिषद् र युनिभर्सिटीको नवीकरण तथा अस्पतालसँग गत वर्ष भएको सम्झौताको प्रतिलिपि संलग्न राखी १० दिन भित्र निवदेन दिन आग्रह गरेको छ।

साथै अस्पतालमा क्लिनिकल अभ्यास गराउन ल्याउने प्रोग्राम र विद्यार्थी सङ्ख्या खुलाई नवीकरणका लागि निवेदन दर्ता गर्न आग्रह गरेको छ ।

म्याद समाप्त भए पश्चात प्राप्त भएका निवेदन दर्ता नगरिने समेत सूचनामा भनिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर