एमाले प्रदेश २: दलका नेतामा मण्डल, प्रमुख सचेतकमा साह – Nepal Press

एमाले प्रदेश २: दलका नेतामा मण्डल, प्रमुख सचेतकमा साह

जनकपुरधाम । नेकपा एमाले प्रदेश २ संसदीय दलको नेतामा पुनः सांसद सत्यनारायण मण्डल र प्रमुख सचेतकमा किशोरी साह ‘कमल’ चयन भएका छन् ।

एमाले विभाजन भएपछि पहिलोपटक बिहीबार बसेको प्रदेश २ संसदीय दलको बैठबाट सर्वसम्मतले दलका नेतामा मण्डल र प्रमुख सचेतकमा साहलाई चयन गरिएको हो ।

सुरुमा एमाले दलका नेतामा मण्डल निर्वाचित भएका थिए । तर नेकपा माओवादी केन्द्रसँग पार्टी एकतापछि बनेको नेकपा संसदीय दलका नेतामा शत्रुधन महतो चयन भएका थिए । त्यसपछि माओवादी केन्द्र अलग भएपनि एमाले दलको नेतामा महतोले नै निरन्तरता पाए ।

अहिले एमाले विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीमा महतो र प्रमुख सचेतक सुन्दरबहादुर विश्वकर्मा लागेपछि एमालेका दलका नेतामा मण्डल र प्रमुख सचेतकमा साह चयन भएका छन् ।

यहाँ नेकपा एमालेका २१ सासद थिए । जसमध्ये १३ जना नेकपा एकीकृत समाजवादीमा गएका छन् । अहिले प्रदेश २ प्रदेशसभामा नेकपा एमालेका  ९ सांसद छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर