तेक्वान्दो संघमा लफडा शुरु हुँदै, राखेपको निर्देशन विपरीत महाधिवेशन गर्ने तयारी – Nepal Press

तेक्वान्दो संघमा लफडा शुरु हुँदै, राखेपको निर्देशन विपरीत महाधिवेशन गर्ने तयारी

रूपन्देही । नेपाल तेक्वान्दो संघको चौथो केन्द्रीय महाधिवेशन असोज १६ गते रूपन्देहीको भैरहवामा हुँदैछ । ऐन प्रतिकूल हुने भन्दै राष्ट्रिय खेलकुद परिषद (राखेप)ले यो कार्यक्रम रोक्न यसअघि नै सार्वजनिक निर्देशन जारी गरिसकेको छ ।

नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमसेर राणाले महाधिवेशनमा ५६ जिल्लाका जिल्ला तेक्वान्दो संघका अध्यक्ष, सात प्रदेशका अध्यक्ष तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरुको सहभागिता रहने बताए । असोज १६ गते बिहान १० बजे प्रतिनिधिसभा सदस्य प्रमोद कुमार यादवले महाधिवेशनको उद्घाटन गर्ने उनले जानकारी दिए ।

‘देशको मूल कानूनको आधारमा रही प्रदेशस्तरीय प्रदेश संघसमेत गठन भइसकेको र आगामी २०७८ मंसिर महिनाभित्र ती प्रदेश संघको अधिवेशन सम्पन्न गरी प्रदेश संघको नेतृत्व चयन गरी स्थायित्व प्रदान गरिनेछ, ’राणाले भने । संघको चौथो महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने र उक्त नेतृत्वले आगामी ४ वर्ष संघलाई नयाँ योजना र कार्यक्रमसहित सञ्चालन गर्ने उनले बताए ।

महाधिवेशनले एक अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष र ११ जना सदस्य निर्वाचनमार्फत निर्वाचित गर्ने राणाले जानकारी दिए । २०६६ सालमा वीरगञ्जमा भएको प्रथम केन्द्रीय महाधिवेशनले संघलाई संस्थागत रुपमा स्थापित गराउन सफल भएको राणाले जानकारी दिए । संघको तेस्रो महाधिवेशन २०७४ साल असोज २४ गते बाराको सिमरामा भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर