एमालेको विधान महाधिवेशन आजबाट, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गर्ने उद्घोष – Nepal Press

एमालेको विधान महाधिवेशन आजबाट, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गर्ने उद्घोष

काठमाडौं । नेकपा एमालेको प्रथम विधान महाधिवेशन आजदेखि ललितपुरको गोदावरीमा हुँदैछ । एमालेको ५ वर्षका लागि नीति र विधान पारित गर्ने यस महाधिवेशनमा करीव ६ हजार प्रतिनिधि सहभागी हुँदैछन् ।

यति ठूलो संख्यामा प्रतिनिधित्व गरेर हुन लागेको नेपालमा पहिलो राजनीतिक सम्मेलन समेत हो । एमालेले विधान महाधिवेशनको नारा समेत सार्वजनिक गरेको छ ।

‘दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गरौं, जबजको मर्गदर्शनमा समाजवादको आधार निर्माण गरौं’ भन्ने मूल नाराका साथ शुरु हुन लागेको विधान महाधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा अ‍ोलीले गर्दैछन् । विधान महाधिवेशन तीन दिन चल्ने केन्द्रीय कार्यालय सचिव शेरवहादुर तामाङले जानकारी दिए ।

विधान महाधिवेशनमा सहभागी हुन देशभरका प्रतिनिधि काठमाडौं आइसकेका छन् । उनीहरुलाई विहान सातदोबाटोबाट पार्टीकै बसमा गोदावरी महाधिवेशनस्थलमा पुर्‍याइँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर