ट्युमरको शल्यक्रियापछि अस्पतालबाट घर फर्किए पेले – Nepal Press

ट्युमरको शल्यक्रियापछि अस्पतालबाट घर फर्किए पेले

एजेन्सी । पेटको ट्युमरको शल्यक्रियापछि ब्राजिली महान फुटबलर पेले अस्पतालबाट डिस्चार्ड भएका छन् । ८० वर्षीय पेलेको सेप्टेम्बर ४ मा साओ पाउलोको अल्वर्ट आइस्टाइन अस्पतालमा अपरेसन भएको थियो ।

तीनपल्ट फिफा विश्वकप जित्नेृ एकमात्र खेलाडी पेलेलाई अपरेसनको १० दिनपछि आईसीयूबाट निकालिएको थियो । तर पुनः समस्या आएपछि अस्पतालमै उपचार भइरहेको थियो ।

‘घर फर्किन पाउँदा म निकै खुसी छु,’ पेलेले फेसबुकमा लेखेका छन्, ‘अस्पलात बसाईमा सहयोग गर्ने अल्वर्ट आइस्टाइन अस्पतालका सबैलाई धन्यबाद दिन चाहन्छु । मेरो स्वास्थ्यको चिन्ता गर्नुहुने सबैलाई धन्यबाद ।’

मेडिकल टोलीले उनको केमो थेरापी भने जारी रहने बताएको छ । नियमित परीक्षणका क्रममा कोलन ट्युमर (पेटको क्यान्सर) पत्ता लागेपछि अगष्ट ३१ देखि उनको नियमित उपचार चलिरहेको थियो ।

पछिल्ला वर्षहरुमा उमेरसँगै उनको स्वास्थ्य पनि चिन्ताको विषय भइरहेको छन् । सन् २०१५ मा उनले प्रोस्टेटको शल्यक्रिया गराएका थिए । पिवासमा संक्रमण देखिएपछि उनी सन् २०१९ मा पनि अस्पताल भर्ना भएका थिए ।

पेले ९२ खेलमा ७७ गोल गर्ने ब्राजिलका सर्वकालीन उच्च गोलकर्ता हुन् । चारपल्ट विश्वकपमा गोल गर्ने उनी विश्वका चार खेलाडीमध्येका हुन् । दक्षिण अमेरिकी फुटसलमा सर्बाधिक अन्तर्राष्ट्रिय गोलकर्ताको कीर्तिमान हालै अर्जेन्टिनाका लियोनल मेस्सीले तोडेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर