महासंघद्वारा ७ बुँदे घोषणापत्र जारी, प्राधिकरणले तार काटे देशभर सेवा बन्द गरिने – Nepal Press

महासंघद्वारा ७ बुँदे घोषणापत्र जारी, प्राधिकरणले तार काटे देशभर सेवा बन्द गरिने

काठमाडौं । नेपाल केवल व्यवसायी महासंघको राष्ट्रिय भेलाले ७ बुँदे घोषणापत्र जारी गरेको छ । विद्युत प्राधिरकरणले केवलको तार काटेको खण्डमा देशभर सेवा बन्द गर्ने निर्णयसमेत महासंघले लिएको छ ।

आज महासंघले पत्रकार सम्मेलन गर्दै घोषणापत्र सार्वजनिक गरिएको हो । जसअनुसार महासंघका मागहरुका सम्वन्धमा संघर्ष गर्न दिनेश सुवेदीको संयोजकत्वमा ९ सदस्यीय सघंर्ष समितिसमेत गठन गरिएको छ । समितिका सदस्यहरुमा हरिप्रसाद पौडेल, मनोज गुरुङ, सनोज श्रेष्ठ, दिपेश सुवेदी, पवनकुमार शाह, पुष्पलाल श्रेष्ठ, महाप्रसाद सुवेदी र मनोहरी यागी रहेका छन् ।

सघंर्ष समितिका संयोजक सुवेदीले असोज १५ गते प्राधिकारणले केवलको तर काटेमा सबै सेवा बन्द गर्ने बताए ।

उनले भने, ‘भोलि हाम्रो तार काटियो भने हामी सर्वसाधारण सहित आन्दोलनमा आउने छौं । हामीले हाम्रो सेवा बन्द गरेपछि बैंक, सञ्चार गृह र अदालतलगायत सबै बन्द हुने छन् ।’

सघंर्ष समितिका सदस्य मनोज गुरुङले सरकारले करिब ४ सय प्रतिशत पोलभाडा वृद्धि गरेको बताए । प्राधिकरणले तार काट्यो भने केवल, इन्टरनेट लगायतका सबै सेवा बन्द हुने उनको भनाइ छ ।

महासंघको घोषणापत्रमा सरकारको अनुमति नलिइ टेलिभिजन कन्टेन प्रशारण गर्ने प्लेटफर्महरु बन्द गराउन आग्रह गरिएको छ । विज्ञापनसहित भएका गैरकानूनी प्रसारण तत्काल रोकी कानूनसम्मत रुपमा मात्र प्रसारण गराउन भेलाले माग गरेको छ । केवल अपरेटरले दोहोरो कर तिनुपर्ने अवस्थाको अन्त्य गर्न पनि महासंघले माग गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर