जेनेभामा हुने डब्लुटीओ सम्मेलनमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भाग लिने – Nepal Press

जेनेभामा हुने डब्लुटीओ सम्मेलनमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भाग लिने

काठमाडौं । जेनेभामा आयोजना हुने विश्व व्यापार संगठन (डब्लुटीओ)को १२ औं मन्त्रीस्तरीय सम्मेलनमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई भाग लिन पठाइने भएको छ ।

बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालयलाई भाग लिन स्वीकृत दिने निर्णय गरेको बैठकपछि कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयअन्तर्गतका विकास आयोजनाहरुका लागि अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय समेत गरेको छ । साथै सरकारले सहसचिव प्रा. गोपालप्रसाद सिग्देललाई राजपत्राङ्कित विशिष्ठ श्रेणीमा बढुवा गर्ने निर्णय गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर