नेपाल-भारत संयुक्त परियोजना अनुगमन समिति बैठक : अनुराग श्रीवास्तवले गरे भारतीय डेलिगेसनको नेतृत्व – Nepal Press

नेपाल-भारत संयुक्त परियोजना अनुगमन समिति बैठक : अनुराग श्रीवास्तवले गरे भारतीय डेलिगेसनको नेतृत्व

काठमाडौं । भारतीय विदेश मन्त्रालयमा नेपाल मामिला हेर्ने अधिकारी अनुराग श्रीवास्तवले आज राजधानीमा नेपाल-भारत संयुक्त परियोजना अनुगमन समितिको बैठकमा भाग लिएका छन् ।

राष्ट्रिय पुननिर्माण प्राधिकारणद्वारा आयोजित समितिको तेस्रो बैठकमा भारतीय विदेश मन्त्रालयका सहसचिव समेत रहेका श्रीवास्तवले भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए ।

बैठकमा पुननिर्माण कार्यहरुको समीक्षा गरिएको जनाइएको छ । बैठकले निजी आवास पुनर्निर्माणअन्तर्गत ५० हजार घरहरुको पुनर्निर्माण सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै बाँकी कार्यहरु समयमै सम्पन्न गर्न समन्वयात्मक ढंगले कार्य गर्ने समझदारी पनि गरेको छ ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व प्राधिकरणका सचिव सुशिलचन्द्र तिवारीले गरेका थिए र भारतीय प्रतिनिधिमण्डलको नेतृत्व विदेश मन्त्रालयका सहसचिव अनुराग श्रीवास्तवले गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर