सहसचिव सिग्देललाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषद्काे निर्णय – Nepal Press

सहसचिव सिग्देललाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषद्काे निर्णय

काठमाडौं । सरकारले सहसचिव प्रा. गोपालप्रसाद सिग्देललाई राजपत्राङ्कित विशिष्ठ श्रेणीमा बढुवा गर्ने निर्णय गरेको छ ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद्को बैठकले  राजपत्राङ्कित प्रथम श्रेणी प्राविधिक सहसचिव गोपालप्रसाद सिग्देललाई राजपत्राङ्कित विशिष्ठ श्रेणी सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

मन्त्रीपरिषद्को बैठकपछि कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रीपरिषद्को बैठकले जेनेभामा आयोजना हुने डब्ल्यूटिओको १२ औँ मन्त्रीस्तरीय सम्मेलनमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई भाग लिन स्वीकृत दिने निर्णय समेत गरेको बताए । उनले सरकारले इन्टरपोलको ८९ औँ महासभामा भाग लिन स्वीकृत दिने निर्णय गरेको समेत बताए ।

सरकारले विभिन्न मन्त्रालयअन्तर्गतका विकास आयोजनाका लागि अस्थायी दरबन्दी स्विकृत गर्ने निर्णय समेत गरेको जनाइएकाे छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर