चार देशका आवासीय राजदूतले बुझाए ओहदाको प्रमाणपत्र – Nepal Press

चार देशका आवासीय राजदूतले बुझाए ओहदाको प्रमाणपत्र

काठमाडौं । मित्रराष्ट्र इजिप्ट, जर्मनी, नर्वे र फ्रान्सका आवासीय राजदूतहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र बुझाएका छन् ।

राष्ट्रपति भवनमा आयोजित भिन्न समारोहमा इजिप्टका राजदूत नोहा हम्दी अहमद एल्गेबेली, जर्मनीका थोमस हेइनरिच प्रिन्ज, नर्वेका तोरुन ड्रामदल र फ्रान्सका गिलिज बोरबाओले ओहोदाको प्रमाणपत्र बुझाएका हुन् ।

ती कार्यक्रममा परराष्ट्रमन्त्री नारायण खड्का लगायतका सरकारका अधिकारीहरु पनि उपस्थित रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तद्वारा जारी वक्तव्यमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर