क्यूएफएक्सद्वारा तीन फिल्मको लाइनअप घोषणा : जेम्स बन्ड सिरिज असोज २८ गते नेपालमा – Nepal Press

क्यूएफएक्सद्वारा तीन फिल्मको लाइनअप घोषणा : जेम्स बन्ड सिरिज असोज २८ गते नेपालमा

नेपाली रिलिज लाइनअप आइतबार सार्वजनिक हुने

काठमाडौं । मुलुककै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्स सिनेमाज्ले तीन विदेशी फिल्मसहितको रिलिज लाइनअप घोषणा गरेको छ ।

जसमा असोज २१ गते फास्ट एन्ड फ्युरियस ९ र नोबडी प्रदर्शन हुनेछन् भने असोज २८ गते विश्वचर्चित सिरिज जेम्स बन्डको २५ औं श्रृंखला ‘नो टाइम टु डाइ’ रिलिज हुनेछ ।

यी तीनैवटा फिल्मलाई एप्पल इन्टरटेनमेन्टले नेपालमा रिलिज गर्न लागेको हो । क्यूएफएक्सले केही दिनमै बुकिङ खुलाउने तयारी गरेको छ ।

चलचित्र विकास बोर्डले सम्भवतः आगामी आइतबार नेपाली फिल्म रिलिजको लाइनअप घोषणा गर्ने भएको छ । यसबारे अध्यक्ष दयाराम दाहालले आज बिहान प्रदर्शक, निर्माता र वितरकसँग छलफल गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर