लाङटाङ जलविद्युत आयोजनामा सनराइजको अगुवाइमा तीन बैंकले लगानी गर्ने – Nepal Press

लाङटाङ जलविद्युत आयोजनामा सनराइजको अगुवाइमा तीन बैंकले लगानी गर्ने

काठमाडौं । स्याफ्रुबेसी, रसुवामा रहेको ‘लाङटाङ खोला जलविद्युत आयोजना’ को फाइनान्सियल क्लोजर सम्पन्न भएको छ ।

उक्त आयोजनामा सनराइज बैंकको अगुवाइमा सिद्धार्थ र एनसीसी बैंकको सहभागितामा बनेको कन्सोर्टियमद्वारा करिब ३ अर्ब लगानी गर्ने सम्झौता भएको छ ।

प्रवर्द्धक कम्पनी मल्टी इनर्जी डेभलपमेण्ट प्रा. लि र बैंकबीच ३ दिनअघि वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको हो । यस कम्पनीका अध्यक्ष कृष्णप्रसाद आचार्य, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपालका अध्यक्ष समेत हुन् ।

२० मेगावाट क्षमताको यो आयोजनको लागत अनुमानित ३ अर्ब ६४ करोड हुने अनुमान गरिएको छ । कम्पनीले यो आयोजनाको निमार्ण कार्य ठेकेदार परिचालन भएको ३० महिनाभित्र सम्पन्न गरी विद्युत उत्पादन सुरू गर्ने लक्ष्य लिएको छ । उत्पादित विद्युत चिलिमे हव सवस्टेशनमा जोड्ने योजना छ ।

कम्पनीका अनुसार आयोजनाबाट वार्सिक १३३.३० गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ जसमा सुख्खायामको उत्पादन ३४.७ गिगावाट घन्टा र बर्खायामको उत्पादन ९८.६ गिगावाट घण्टा हुने बताइएको छ ।

ईपीसीएफ (इन्जिनियरिङ, प्रोक्योरमेण्ट, कन्स्ट्रक्सन एण्ड फाइनान्स) मोडलमा निर्माण गर्ने गरी चिनियाँ कम्पनीसँग आयोजनाको सम्झौता भएकोमा कोरोना महामारीका कारण प्राविधिक र कामदार आउन नसकेपछि परियोजनाको पुनरावलोकनपश्चात् हाल बीओक्यू (बील अफ क्वान्टिती) मोडलमा परियोजनाको निर्माण नेपाली ठेकेदारबाटै गरिने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर