ईपीएल : काठमाडौंद्वारा चितवनलाई १४२ रनको लक्ष्य – Nepal Press

ईपीएल : काठमाडौंद्वारा चितवनलाई १४२ रनको लक्ष्य

काठमाडौं । एभरेष्ट प्रिमिएर लिग (ईपीएल) को जारी खेलमा काठमाडौं किङ्स-११ ले चितवन टाइगर्सलाई १ सय ४२ रनको लक्ष्य दिएको छ ।

किर्तीपुरस्थित त्रिवि किकेट मैदानमा भइरहेको प्रतियोगितिमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४१ रनको योगफल तयार गरेको थियो ।

काठमाडौंका लागि सुवास खकुरेलले ३४ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ३५ रन, राजु रिजालले २० बलमा ३ चौका र २ छक्कासहित २८ रन र जनकप्रकाशले १६ बलमा १ चौका र २ छक्कासहित २६ रन जोडे ।

ओेपिनङमा आएका रहमनुलला गुर्वाज ५ रन बनाएर पेभिलयन फर्किएका थिए । भने सिद्धान्त लोहनी ८ र सन्दीप लामिछाने ७ रनमा अविजित रहे । अन्य व्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

चितवनको वलिङमा सागर ढकालले सर्वाधिक ४ विकेट लिए । कारिम जन्नतले २, कमलसिंह एरि र सेकुगे प्रसुन्नाले समान १ विकेट लिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *