चितवनका दुई माओवादी नेता एमालेमा, माओवादीले जन अपेक्षाअनुसार काम नगरेको आरोप – Nepal Press

चितवनका दुई माओवादी नेता एमालेमा, माओवादीले जन अपेक्षाअनुसार काम नगरेको आरोप

चितवन । चितवनका दुईजना पुराना नेता माओवादी केन्द्र परित्याग गरी एमालेमा प्रवेश गरेका छन् । वैचारिक नेताका रुपमा चिनिएका नेता कुल प्रसाद भुसाल र जगन्नाथ आचार्यले माओवादी छाडेर एमाले रोजेका हुन् ।

जिल्ला सचिवालय सदस्य, चितवन क्षेत्र नम्बर  १ (ख)का इन्जार्ज भुसाललाई बुधार साँझ नेकपा एमालेका केन्द्रीय सदस्य देवी ज्ञवालीले एमालेमा स्वागत गरेका हुन् ।

भुसालले माओवादी जनयुद्धबाट प्राप्त उपलब्धी रक्षाका लागि एमाले प्रवेश गरेको प्रतिक्रिया जनाएका छन् । माओवादीले जनअपेक्षाअनुसार काम गर्न नसकेका कारण एमाले प्रवेश गरेको उनको भनाइ छ ।

बुढी राप्ती उपभोक्ता समितिका पूर्वअध्यक्ष भुसालको कुमरोजमा राम्रो प्रभाव छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर