रोनाल्डोको निर्णायक गोलमा म्यानचेस्टर युनाइटेड विजयी – Nepal Press

रोनाल्डोको निर्णायक गोलमा म्यानचेस्टर युनाइटेड विजयी

एजेन्सी । क्रिष्टियानो रोनाल्डोले इन्जूरी समयमा निर्णायक गोल गर्दा च्याम्पियन्स लिगको समूह एफ मा म्यानचेस्टर युनाइटेडले भिल्लारियलमाथि २–१ को पुनरागमन जित हासिल गरेको छ ।

भिल्लारियलसँगको खेललाई गत सिजन युरोपा लिग फाइनलको बदलाका रुपमा युनाइटेडले लिएको छ । युरोपा फाइनलमा भिल्लारियलले पेनाल्टीमा जित निकालेको थियो ।

पहिलो हाफ गोलरहित बराबरी खेले पनि ५३ औं मिनेटमा फ्रान्सिसको अल्कासरको गोलमा भिल्लारियलले अग्रता लिएको थियो । तर ६०औं मिनेटमा एलेक्स टेलले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

बराबरी तर्फ उन्मुख खेलको दोस्रो हाफको इन्जूरी समयमा रोनाल्डोले गोल गरेपछि युनाइटेड २–१ गोलको पुनरागमन जित दर्ता गर्न सफल भयो । उनले जेसे लिंगार्डको पासमा गोल गरेका हुन । गोलपछिकमो उनको


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर