कपिलवस्तु कांग्रेस नगर सभापतिमा पौडेल समूहका अहमद निर्वाचित – Nepal Press

कपिलवस्तु कांग्रेस नगर सभापतिमा पौडेल समूहका अहमद निर्वाचित

रूपन्देही । नेपाली कांग्रेसको कपिलवस्तु नगर सभापतिमा खुर्सेदका अहमद खाँ निर्वाचित भएका छन् । बुधबार भएको नगर अधिवेशनमा तीन जना प्रतिस्पर्धी उम्मेदवारलाई पछि पार्दै अहमद नगर सभापतिमा निर्वाचित भएका हुन् ।

लामो समय अहमद जिल्ला कृषि विकास कार्यालय कपिलवस्तुको प्रमुख थिए । सरकारी सेवामा लागेर रिटायर्ड लाइफ राजनीतिमा विताउने गरी अहमद जिम्मेवारी पदमा आएका हुन् ।

अहमदले ८२ मत पाए भने उनका प्रतिस्पर्धी प्रशान्त कार्कीले ५७, गोपी कृष्ण शर्माले ६४ र माया ज्ञवालीले ७ मत ल्याएका छन् । अहमद रामचन्द्र पौडेल समूहका हुन् ।

विजयनगरमा एक मतले जिते जानकीले

नेपाली कांग्रेस विजयनगर गाउँ समितिको सभापतिमा जानकी यादव विजयी भएका छन् । कपिलवस्तुको पश्चिमी क्षेत्रमा रहेको विजयनगर गाउँ समितिको बुधबार भएको निर्वाचनमा यादव १ मतको अन्तरले सभापतिमा निर्वाचित भएका हुन् ।

उनले आफ्ना निकटतम प्रतिस्पर्धी राजेश उपाध्यायलाई १ मतले पराजित गरे । यादवले ५३ मत ल्याए भने उपाध्यायले ५२ मत पाएका थिए । एक मत बदर भएको जनाइएको छ । यादव रामचन्द्र पौडेल समूहका हुन् । जिल्लाका अन्य पालिकाको नतिजा आइसकेको छैन ।

महाराजगन्जमा कुर्मी सर्वसम्मत

नेपाली कांग्रेस महाराजगन्ज नगर समितिमा सर्वसम्मत नेतृत्व चयन भएको छ । बुधबार भएको नगर अधिवेशनले रामअचल कुर्मीको नेतृत्वमा निर्विरोध नगर समिति चयन गरेको हो ।

कुर्मीको सभापतिमा एकल उम्मेदवारी परेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर