काभ्रेको पुनर्निर्मित ६ वटा विद्यालय भवन उद्घाटन – Nepal Press

काभ्रेको पुनर्निर्मित ६ वटा विद्यालय भवन उद्घाटन

काठमाडौं । भारत सरकारको आर्थिक अनुदानमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पुनःनिर्माण गरेका काभ्रेपलाञ्चोकका ६ वटा विद्यालय भवनहरुको संयुक्त रुपमा उद्घाटन गरिएको छ ।

काभ्रेपलाञ्चोक जिल्लामा पुनःनिर्माण सम्पन्न भएका ६ वटा विद्यालय भवनहरुको बुधवार भारतीय विदेश मन्त्रालयका उत्तरी महाशाखाका संयुक्त सचिव अनुराग श्रीवास्तव, काभ्रेपलाञ्चोक–२ का प्रतिनिधि सभा सदस्य गोकुल प्रसाद बाँसकोटा, काभ्रेपलाञ्चोक–१ का प्रतिनिधि सभा सदस्य गङ्गा बहादुर तामाङ्ग र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी सदस्य ध्रुव प्रसाद शर्माले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

करिब साढे १९ करोड रुपैयाँभन्दा बढीको लागतमा बनेपा नगरपालिकाको आजाद माध्यामिक विद्यालय, पाँचखाल नगरपालिकाको श्री आजाद मध्यामिक विद्यालय, दुग्धेश्वर माध्यामिक विद्यालय र भगवति माध्यामिक विद्यालय तथा चौरीदेउराली गाउँपालिकाको खाँडादेवी माध्यामिक विद्यालय र पनौती नगरपालिकाको शारदा माध्यामिक विद्यालयको उद्घाटन गरिएको हो ।

विद्यालयको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य गोकुल प्रसाद बाँस्कोटाले भुकम्पपछि नेपाललाई भारत सरकारले निकै सहयोग गरेको भन्दै भारत सरकारप्रति नेपाली जनताको तर्फबाट धन्यवाद व्यक्त गरे । उनले नेपाल र भारतविचको सम्बन्ध बहुआयामिक भएको उल्लेख गरे ।

भुकम्पले क्षति पु¥याएका नेपालका आठ जिल्लाहरु गोरखा, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, धादिङ्ग र काठमाडौंका शैक्षिक संस्थाहरु पुननिर्माणका लागि भारत सरकारले ५० मिलियन अमेरिकी डलर आर्थिक सहयोग प्रदान गर्ने प्रतिवद्धता अनुसार सो बिद्यालयहरु पुननिर्माण भएको भारतिय राजदूतावासले जनाएको छ ।

विद्यालय भवन उद्घाटन गर्दै भारतीय विदेश मन्त्रालयका उत्तरी महाशाखाका संयुक्त सचिव अनुराग श्रीवास्तवले नेपालको आवास, शिक्षा, स्वास्थ्य र सांस्कृतिक धरोहर संरक्षणका लागि भारत सरकारले सहयोग गर्दै आएको बताए । नेपाल भारतको घनिष्ठ मित्र भएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि नेपाललाई हमेसा साथ दिन तयार रहेको प्रतिवद्धता व्यक्त गरे ।

त्यसैगरी २०७२ सालकै भुकम्पबाट क्षतीग्रस्त पनौती नगरपालिकास्थित खोपासी प्राथमिक उपचार केन्द्रको पनि भारत सरकारको अनुदान सहयोगमा पुननिर्माण हुनेगरी भवन शिलान्यास गरिएको छ ।

साढे सात करोड रुपैयाँको लागतमा बन्न लागेको सो उपचार केन्द्रले काभ्रेपलाञ्चोक जिल्लाका करिब पन्ध्र हजार जना मानिसलाई आपतकालीन, मातृ तथा शिशु स्वास्थ्य र अन्य चिकित्सा सेवाहरु प्रदान गर्न सक्ने बताइएको छ । उपचार केन्द्र सन् २०२२ को डिसेम्बरसम्मका निर्माण कार्य सम्पन्न गरिसक्नेगरी काम अघि बढाइने जनाइएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर