प्रधानसेनापति शर्मा र पाकिस्तानी राजदूतबीच भेटवार्ता – Nepal Press

प्रधानसेनापति शर्मा र पाकिस्तानी राजदूतबीच भेटवार्ता

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा र कार्यवाहक पाकिस्तानी राजदूत अड्नन जावेद खानबीच आज जंगीअड्डामा शिष्टाचार भेटवार्ता भएको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार द्धिपक्षीय आपसी हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

भेटवार्ताले आपसी सम्बन्ध समधुर हुने र प्रगाढ बन्न मद्दत पुग्ने विश्वास सेनाले लिएको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर